भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

प्रविधिको प्रयोग गर्दै छरितो सेवा दिन निर्देशन

प्रविधिको प्रयोग गर्दै छरितो सेवा दिन निर्देशन

गण्डकी, । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा चौँथोँ र पाँचौ तहका कर्मचारीका लागि आयोजित सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उनले पुराना ढड्डा पल्टाएर बस्ने बेला गइसकेको भन्दै कार्यालय व्यवस्थापन र सेवा प्रवाह दुवै पक्षको ख्याल गरेर काम गर्न आग्रह गरे । सरकारको नेतृत्व फेरबदल भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले गुनासो नआउने गरी प्रभावकारी काम गर्न उनले आग्रह गरे ।

तालीमले कर्मचारीको वृत्ति विकासमा सघाउने भएकाले त्यहीअनुसार उपयोग गर्नुपर्ने बताउँदै उनले प्रदेश सरकार बजेटको सीमितताबीच अगाडि बढिरहे पनि कर्मचारीको क्षमता अभिवृद्धिका लागि कुनै कन्जुस्याइँ नगरेको बताए । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमालले तालिममा जुनसुकैले पनि ज्ञान, सीप र व्यहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । मुख्यन्यायाधिवक्ता रोहितराज बाँस्तोलाले सेवाग्राही पहिला सहायकस्तरका कर्मचारीसँग सम्पर्कमा आउने भएकाले नरम र सहज व्यवहार प्रस्तुत गर्न आग्रह गरे।

सङ्घीय शासन प्रणालीमा तीन तहका सरकारबीच समन्वयकर्ताको भूमिका कर्मचारीले निभाउनुपर्ने भन्दै उनले कर्मचारीमाथि सरकारले गरेको लगानीको सही नतिजा आउनुपर्ने आवश्यकता औँल्याए । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालीममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा शैद्धान्तिक व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए ।

कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जना छानिएको बताउँदै उहाँले १२० जनालाई यो तालीम प्रदान गरिने बताए । तालिममा ११ जिल्लामा सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयका कर्मचारी सहभागी छन् । बीस महिना अघि स्थापित प्रतिष्ठानले पाँचवर्षे रणनीति बनाएर त्यहीअनुसार अगाडि बढेको र दुई वर्ष भित्रमा सुविधा सम्पन्न भवन निर्माण गरी प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल बनाउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.