भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

फेरी कुटिए स्वास्थ्यकर्मी

फेरी कुटिए स्वास्थ्यकर्मी

बैतडी । बैतडीमा स्वाब सङ्कलन गर्न हिँडेका एक स्वास्थ्यकर्मी कुटिएका छन् । सिगास गाउँपालिका बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरा सोमबार बेलुका कुटिएका हुन ।

स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको बताइएको छ । सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय बोहराले हातपात गरेको बोहराले बताए ।बैतडीमा यसभन्दा पहिले पनि महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो ।

पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला उनीमाथि स्थानीय दुई युवक मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.