भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

बनेपा नगर प्रमुखमा काँग्रेसका शाक्य र उपप्रमुखमा एमालेकी सापकाेटा विजयी

बनेपा नगर प्रमुखमा काँग्रेसका शाक्य र उपप्रमुखमा एमालेकी सापकाेटा विजयी

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शान्थिरत्न शाक्यले १३ हजार ७९३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विमला सापकोटा दाहाल विजयी भएकी छिन् । सापकोटाले ११ हजार ९९२ मत प्राप्त गरेकी हुुन् ।

नगरप्रमुखमा शाक्यका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्नकुश रञ्जितकारले ११ हजार ८३५ मत पाए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रेमण्ड कर्माचार्यले ८७६ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रगुबर प्रधानले १० हजार ५१५ मत प्राप्त गरे । राप्रपाका रुपा विष्टले ८३८, जसपाका प्रिष्टा प्रजापतिले २६८ र नेमकिपाका कान्ति अवाले १६८ मत पाए ।

 


Thali Mobile Pvt.Ltd.