भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बलात्कार आरोपमा पक्राउ

बलात्कार आरोपमा पक्राउ

दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको छ । आइतबार एक किशोरीलाई रातिको समयमा जबर्जस्ती बलात्कार गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी जबर्जस्ती बलात्कार गरेका भन्ने पीडितको निवेदनका आधारमा अनुसन्धानका लागि अभियोग लागेका बुढालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको उहाँले बताउनुभयो । थप अनुसन्धानका लागि जिल्ला दैलेखबाट १० दिनको म्यादसमेत गरिएको श्रेष्ठले बताए । पीडित किशोरीलाई न्याय दिलाउन अनुसन्धान कार्य शुरु गरिएको पनि उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.