भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता उद्घाटन

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता उद्घाटन

भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता उद्घाटन भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको तीन दिने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको बिहीबार लिबाली कभर्ड हलमा उद्घाटन भएको हो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताउँदै खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तरनगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने बताए ।

भक्तपुर नपाले खेलाडीहरूलाई उत्साहित गर्न नगरस्तरीय र विद्यालयस्तरीय खेल प्रतियोगिताहरू गर्दै आइरहेको बताउँदै नगरपालिकाले वडा—वडामा गठित खेलकुद समितिहरूलाई सक्रिय पार्ने बताए । नगरकोटको खानेपानीको मुहानसँगै निर्माणाधीन खेलमैदानतर्फ प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै लाखौँ जनताले उपभोग गरिरहेको खानेपानीको मुहान सुक्नेगरी जथाभावी गैरजिम्मेवार काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउँदै देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्ने बताए । भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष किरण थापाले विद्यालय जीवनबाट खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताए । उनले यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने बताए ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल र भनपा वडा नं. ३ का वडाध्यक्ष उपेन्द्र सुवालले पनि आफ्नो विचार व्यक्त गरेका हुन । भक्तपुर नपाको आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता असार १६, १७ र १८ गतेसम्म हुने र उक्त प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजनक समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.