भर्खरै : Sorry, your browser does not support inline SVG.

भण्डारा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टी,बाहिनी मै आइसोलेसन निर्माण गर्न प्रदेशलाई अनुरोध

भण्डारा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टी,बाहिनी मै आइसोलेसन निर्माण गर्न प्रदेशलाई अनुरोध

२ भदौ २०७७ भरतपुर । राप्ती नगरपालिका स्थित भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनीका ४२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । दुई महिला र ४० पुरुषमा संक्रमण देखिएको भरतपुर कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।

बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गर्दा यति धेरै पोजिटिभ देखिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बताए । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको उनको भनाई छ ।

३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका बाहिनीमा नौ जनालाई ज्वरो आएको र ठिक पनि भएको तर एक जनालाई मात्र ज्वरो बाँकी रहेको थियो । पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गरेको छ ।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताउनुभयो । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उहाँले जानकारी दिनुभयो । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

 


Thali Mobile Pvt.Ltd.