भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भण्डारा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टी,बाहिनी मै आइसोलेसन निर्माण गर्न प्रदेशलाई अनुरोध

भण्डारा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टी,बाहिनी मै आइसोलेसन निर्माण गर्न प्रदेशलाई अनुरोध

२ भदौ २०७७ भरतपुर । राप्ती नगरपालिका स्थित भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनीका ४२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । दुई महिला र ४० पुरुषमा संक्रमण देखिएको भरतपुर कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।

बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गर्दा यति धेरै पोजिटिभ देखिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बताए । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको उनको भनाई छ ।

३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका बाहिनीमा नौ जनालाई ज्वरो आएको र ठिक पनि भएको तर एक जनालाई मात्र ज्वरो बाँकी रहेको थियो । पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गरेको छ ।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताउनुभयो । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उहाँले जानकारी दिनुभयो । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

 


Thali Mobile Pvt.Ltd.