भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भारतीय हस्तक्षेपविरुद्ध सीमावर्ती क्षेत्रमा युवाले गरे प्रदर्शन

भारतीय हस्तक्षेपविरुद्ध सीमावर्ती क्षेत्रमा युवाले गरे प्रदर्शन

विराटनगर । नेपाली भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा विराटनगरको सिमावर्ती क्षेत्रमा प्रदर्शन भएको छ । भारतीय हस्तक्षेपकोविरुद्धमा सीमावर्ती क्षेत्र रानीमा स्वतन्त्र युवा समुहको नाममा यहाँका युवाले प्रदर्शन गरेका हुन् ।

भन्सार गेट अगाडि विरोध प्रदर्शन गरेका युवाहरुले भारतीय हस्तक्षेप स्वीकार्य नभएको भन्दै चर्को विरोध गरेका हुन् । बिहीबार सीमानाका पुगेका युवाले भारतको थिचोमिचो सहेर अब नबस्ने बताएका छन् । नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको भूभाग अतिक्रमित क्षेत्र फिर्ता नगरे कडा प्रतिवादमा उत्रिने उनीहरुले बताएका छन् ।

भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि व्यापकरुपमा तीब्र बिरोध भइरहेको छ । यसका विरुद्ध देशभर विरोध प्रदर्शनका कार्य भैरहेका छन् । विद्यार्थीहरु विरोध स्वरुप सडकमा उत्रिएका छन् भने नेपाल सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । सरकारले कुटनैतिक पहलबाट समस्या समाधान गर्ने जनाईसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.