भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै | ३१ जिल्लामा बाढीको जोखिम, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह |

मकवानपुरमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

मकवानपुरमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

टिस्टुङ । मकवानपुरको बकैया गाउँपालिका–७ हात्तिखोलामा ‘च्याउको बीउ उत्पादन केन्द्र’ स्थापना भएको छ । कोभिड–१९ ले आर्थिक क्षेत्रमा पारेको नकारात्मक असर कम गर्न सामूहिकरुपमा च्याउखेती गर्दै आएका किसान अब गाउँमै च्याउको बीउ उत्पादन हुने भएपछि खुशी भएका हुन् ।  संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० र बकैया गाउँपालिकाको आर्थिक सहयोगमा गाउँमै च्याउको बीउ उत्पादन केन्द्र स्थापना गरिएको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो ।

यसअघि च्याउको बीउ बाहिरबाट ल्याउँदा महङ्गो पर्ने गरेको र झन्झटिलोसमेत भएकामा गाउँमै उत्पादन केन्द्र सञ्चालनमा आएपछि सहज भएको च्याउ उत्पादक कृषकको भनाइ छ । “आफ्नै गाउँमा च्याउको बीउ उत्पादन हुन थालेपछि ठूलो राहत भएको छ”, कृषक रञ्जु खनालले भन्नुभयो, “अब समयको बचत हुनुका साथै लगानीको तुलनामा लाभ बढी हुने भएकाले हामी अत्यन्त हर्षित भएका छौँ ।” च्याउको बीउ उत्पादन गर्न युएनडिपीले पराल पकाउने बोइलिङ मेसिन, अटो क्लेट, पराल काट्ने मेसिन उपलब्ध गराएको छ भने बकैया गाउँपालिकाले लेबिनल फ्रो मेसिन९ल्याप० उपलब्ध गराएको छ ।

कोभिड–१९ ले आर्थिक क्षेत्र चौपट हुन थालेपछि मकवानपुरको बकैयामा युएनडिपी र बकैया गाउँपालिका मिलेर ‘कोभिड–१९ रेस्पोन्स एण्ड सोसियो–इकोनोमी रिकोभरी प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ । यसअन्तर्गत स्थानीय कृषकलाई च्याउखेती गर्न प्रोत्साहित गरी च्याउको पकेट क्षेत्र नै निर्माण गर्ने योजना रहेको परियोजना कार्यान्वयन गरिरहेको संस्था महिला सशक्तीकरण तथा गरीबी निवारण समूह नेपालका अध्यक्ष इन्दिरा न्यौपानेले बताउनुभयो । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सो केन्द्रको उद्घाटन गर्नुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.