मगर-दमाई दाजुभाई बन्धुको भेला दमकमा सम्पन्न, एकताविना सबैकुरा असम्भव

मगर-दमाई दाजुभाई बन्धुको भेला दमकमा सम्पन्न, एकताविना सबैकुरा असम्भव

झापा । दमक नगरपालिका १ मा मोरङ र झापा जिल्लाका केही क्षेत्रमा बसोबास गरेका मगर दमाई दाजुभाइ बन्धुहरुको भेला सम्पन्न भएको छ ।

दमकमा आयोजित प्रथम भेलामा मगर दमाई समुदायको बाक्लो उपस्थिति रहन पुग्यो । भेलामा समुदायका जेष्ठ नागरिक मान बहादुर दर्जिको अध्यक्षतामा भएको उक्त भेलामा बोल्दै वक्ताहरुले समुदायको एकता विना जुनसुकै कार्य गर्न चुनौती रहेकाले सबैले बुझ्नु पर्ने बताए ।

जुनसुकै भुगोलमा रहे पनि आफ्नो धर्म, संस्कार, संस्कृतिक बचाउन सबै समुदाय सक्रिय हुनु पर्ने भन्दै आपसी एकता कायम गरी पुरानो पुस्ताका अग्रजबाट नयाँ पुस्ताले सिक्नु पर्ने र इतिहासको जानकारी पाउनु पर्ने बताए । पछिल्लो पुस्तालाई इतिहासको जानकारी नहुने हो भने समुदायको पहिचान र इतिहास संकटमा पर्ने वत्ता श्याम नेपालीको भनाई छ ।

समुदायका लिखित ऐतिहासिक दस्तावेजमा उल्लेख भऐका कुरामा व्यापक छलफल गरि पुरानो पुस्ताबाट नयाँ पुस्ताले शिक्षा लिनु पर्ने वक्ताहरुको भनाई थियो । पहिलो भेलामा मगर दमाई समुदाय बन्धुहरुको उल्लेख सहभागी भएको भन्दै सबै सहभागीलाई धन्यवाद दिइएको थियो ।

२०७८ साल बैशाख महिनाको तेस्रो हप्तामा बृहत भेलाको आयोजना गरि कार्य समिती चयन गर्ने र व्यापक विषयमा आन्तरिक छलफल गरेर नयाँ रणनीति बनाएर अगाडि बढ्ने समुदायले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.