भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक हुँदा काँगेस पहिलो

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक हुँदा काँगेस पहिलो

काठमाडौं । देशभरीका ६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस अगाडि रहेको छ । पहिलोमा काँग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ भने कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर जितेको छ ।

दोस्रोमा नेकपा एमालेले १ सय ८६ पालिका मेयर जितेको छ भने एमालेले २ सय १२ उपमेयर जितेको छ। तेस्रो स्थान नेकपा माओवादी केन्द्र ओगटेको छ । नेकपा माओवादी केन्द्रले १ सय १६ पालिका मेयरमा जितेको छ भने १ सय २० पालिकामा उपमेयर जितेको छ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले २७ पालिका मेयर तथा १७ उपमेयर जितेका छन्। नेकपा माओवादी केन्द्र ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्यले ५ पालिकामा अग्रता लिइरहेका छन्।

जनता समाजवादी पार्टी (जसपा) ले २३ पालिका मेयर जितेको छ भने उस्ले २३ उपमेयर जितेको छ। नेकपा एकीकृत समाजवादीले १७ पालिका मेयर र २१ उपमेयर जितेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका मेयर र ९ उपमेयर जितेको मत परिणाम सार्वजनिक भएको छ। मतगणना भइरहेको पालिकामध्ये नेपाली कांग्रेस १९ , नेकपा एमाले १७ ठाउँमा अगाडि रहेको छ।

 


Thali Mobile Pvt.Ltd.