भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

मनाङका चार वडामा कांग्रेस निर्विरोध

मनाङका चार वडामा कांग्रेस निर्विरोध

मनाङ । चामे गाउँपालिकाको वडा नं. १ र २ का वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । वडा नं. १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन् ।

सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन् । यस्तै वडा नं. २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन् ।

सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बनेका छन् । यस्तै नासो गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा नं. ५ को वडाअध्यक्षमा थुतेन लामा, वडा नं. ६ को वडाअध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नं. ७ को वडाअध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध निर्बाचित भएका छन् ।

निस्याङ गाउँपालिकाको वडा नं. ३ को वडाअध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नं. ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङ वडाअध्यक्षमा निर्विरोध भएका छन् ।

सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरी स्वतन्त्रबाट निर्विरोध भएका छन् । दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.