महिला ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

महिला ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ५ हजार मिटर दौड तर्फ स्वर्ण पदक हात पारेकी छन् ।

उनको यो व्यक्तिगत दोस्रो स्वर्ण पदक हो । सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछारेकी हुन् । यसअघि १० हजार मिटरमा पनि सन्तोषीले राजपुरालाई नै पछि पार्दै स्वर्ण जितेकी थिइन् ।

सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण जितेकी हुन ।

नेपाल पुलिसकी राजपुराले १७ मिनेट १२.०५ सेकेण्डमा पूरा गर्दै रजत जितिन् भने त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपानेले १८ मिनेट ०३.०० सेकेण्डमा पूरा गर्दै कास्य पदक हातपार्न सफल भइन् ।

 


Thali Mobile Pvt.Ltd.