भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

मिर्छुलुङमा दसैँ पर्यटन मेला हुने

मिर्छुलुङमा दसैँ पर्यटन मेला हुने

दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दसँै पर्यटन मेला हुने भएको छ । तेस्रो नेत्र युवा संस्थाको आयोजना र मिर्छुलुङ विकास समितिको संरक्षकत्वमा दसँै तथा तिहारको अवसरमा उक्त मेला एवं जुनियर पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्न लागिएको हो ।मिर्छुलुङको पर्यटन प्रबद्र्धनका लागि असोज २१ गतेदेखि २३ गतेसम्म पर्यटन मेला एवं भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका महेन्द्र आलेले जानकारी दिनुभयो ।भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २२ हजार दुई सय २२, रु १६ हजार छ सय ६६ र रु ११ हजार एक सय ११का साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

पर्यटन मेलामा मिर्छुलुङ होमस्टे, भ्युटावर, मगर लाफा भिलेजका साथै विविध सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षणका रुपमा रहने छन् ।ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुबाट सङ्कलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो ।कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । उक्त मेलाका अवसरमा भ्युटावर सर्वसाधारणको आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ ।मगर समुदायको कौरा, झ्याउरे, प्राङ्गारिक परिकार मिर्छुलुङ घरबासको विशेषता हो । प्राकृतिक सौन्दर्य भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.