भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मेक्सिको बस दुर्घटनामा २९ जनाको मृत्यु, १९ घाइते

मेक्सिको बस दुर्घटनामा २९ जनाको मृत्यु, १९ घाइते

मेक्सिको सिटी । मेक्सिको बस दुर्घटनामा कम्तिमा २९ जनाको मृत्यु भएको छ । दक्षिणी राज्य ओक्साकामा बुधबार राति बस सडकबाट ८० फिटको खोँचमा खसेर भएको दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको मृत्यु भएको हो ।

१९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो । पेनास्को गाउँ नजिकै उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जिसस रोमेरोले बताए । प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो । सिभिल प्रोटेक्सनको उद्धार टोलीले घाइतेलाई सरकारी अस्पताल लगेर गएका छन् भने क्रेनको सहायताले बस निकालिइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.