भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

म्याद सकिएका बस्तुमा नयाँ लेवल राखी बेच्ने प्रक्राउ

म्याद सकिएका बस्तुमा नयाँ लेवल राखी बेच्ने प्रक्राउ

काठमाडौँ । म्याद सकिएका कस्मेटिक तथा सवारीसाधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुई जनालाई प्रक्राउ गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको सहयोगमा अविनाश अग्रवाल र महावीर गुजार भारतीय नागरिक लाई प्रक्राउ गरेको हो ।

दुई जनाले म्याद सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको गुनासोका आधारमा विभागले प्रहरीको समन्वयमा आइतबार काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका–१५ सानो भयाङस्थित रहेको समीट कमर्सियल प्रालिमा छापा मारेको थियो । कम्पनीले उत्पादन गर्ने म्याद समाप्त भएका कस्मेटिक तथा सवारी साधन सफा गर्न प्रयोग हुने वस्तुहरूमा नयाँ लेबल लगाई विक्री वितरण गरेको भेटिएपछि गोदाममा शिलबन्दी गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए ।

गोदाममा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानको काम शुरु भएको छ । “हामीले थाहा पाएसम्म भारतलगायतका देशबाट उक्त वस्तुको आयात गरी खुद्रा तथा होलसेललाई बिक्री गर्ने गरेका रहेछन् । उनीहरुले कस्मेटिकका मात्र सयौँ प्रकार रहेको भनेका छन् । थप वस्तु तथा तीनका प्रकारको विषयमा अनुसन्धान शुरु भइसकेको छ”, उहाँले भन्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.