भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

‘म पनि त कमाउने भाकी छु, दुइचार अक्षर पढेकी छु’

‘म पनि त कमाउने भाकी छु, दुइचार अक्षर पढेकी छु’

३२ साउन २०७७ काठमाडौँ । गायिका सुनीती कार्कीको स्वरमा सजिएको तीज गीत मै पनित कमाउने भाकी छु अहिले पनि चर्चित छ । दुई वर्ष पहिले बजारमा ल्याएको यो तीज गीतले आत्मनिर्भर भएर जीउन सन्देश दिएको छ ।

आफुलाई जे चाहिन्छ त्यो किन्ने हैसियत छ भन्दै अव श्रीमानको मात्रै भर पर्न नहुने महिलालाई अनुरोध गरेको छ । बढा इन्जीनियर भएपनि आफुे श्रम गरेर परिवार चल्नु पर्ने गीतमा सुनीतिले बताएकी छन् । गीतले तीजको बारेमा समाजमा स्थापित मूल्य मान्यतामा आधुनिकता आउनुपर्ने कुरालाई जोड दिनु भन्दा पनि परमपरालाई स्थापित गर्न खोजिएको छ ।

हेर्नुहोस् भिडियो…

यस्तै गीतमा तीजका नाममा भइरहेका केही विकृतिहरुलाई हटाउने कुरा पनि उल्यख गरेको छ । गीतमा अशोक गुरुङ्गका लय रहेको यो गीतमा सुवास भुसालले संगीत भरेका छन् । म खुसी छु मेरो श्रीमानको खुसी हुनुहुन्छ भन्ने यस गीतमा अब आउने पुस्तालाई आत्मनिर्भर बनाउन मुख्य सन्देश बोकेको छ ।

sunitiयसले महिला र पुरुषबीचमा समानता, असमानता र परम्परागत सोचको लागि मिलेर काम गर्नु पर्नेमा जोड दिएका छन् । गीतको प्रकाश बस्नेतले सम्पादन गरेका छन् । यो गीतको भिडियो विकास सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा बेजोडको नृत्य रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.