भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

रानीकोट जंगल भित्र यस्ताे रिसोर्ट तथा होमस्टे ! जहाँ पुगेपछि आनन्द आउँछ ( भिडियो सहित )

रानीकोट जंगल भित्र यस्ताे रिसोर्ट तथा होमस्टे ! जहाँ पुगेपछि आनन्द आउँछ  ( भिडियो सहित )

काभ्रे । काभेको पनौती नगरपालिका वडा नं १ बागभैरवमा अवस्थित रानीकोट इको रिसोर्ट तथा होमस्टे संचालनमा छ । जहाँ पुगेपछि निकै सुन्दर, शान्त र मनोरम वातावरणमा रमाउँन पाइन्छ ।

पर्यटनका साथै यहाँ पुगेपछि स्वस्थ वातावरणकाे मजा मात्रै हाेइन, जंगली जनावर तथा चराचुरुङ्गीहरुसंगै देख्न र आवाज सुन्दै  वातावरणमा रमाउन सकिन्छ । यहाँबाट सुन्दर हिमालका दृश्यहरु नियाल्दै रिसोर्ट तथा होमस्टेमा पाइने परिकारकाे स्वाद पनि लिन सकिन्छ ।

आन्तरिक तथा विदेशी पर्यटकका लागि पनि यहाँको वातावरण उत्तम रहेको छ । शहरको कोलाहल र एकैक्षिन भएपनि जंगलभित्र आनन्द लिन पुग्नै पर्ने ठाउँ मध्य यो पनि एक रहेको स्थानीयले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

यहाँ आउने पाहुँनाहरुका लागि स्थानीय खाने कुरालाई प्राथमिक्ता दिएको रिसोर्टका सञ्चालक सोनाम तामाङले बताए । उनले भने,  “यहाँ आउने पाहुँनाका लागि स्थानीयस्तरमा उतपादन हुने खानेकुराहरु मिठो स्वादका साथ पस्कीने गरेको छु”।

यहाँ आउने पाहुँनाहरुले हावापानी निकै मनपराउने गरेकाले गर्दा पनि आफूलाई अझै जागरिलो बनाएको उनको तर्क छ ।  रिसोर्ट तथा होमस्टेमा १७ जनालाई एक दिनमा सेवा गर्न सकिने तामाङले बताए ।

उनले भने “तीन वटा कोठा अत्याधुनिक र दुईवटा कोठा होमस्टेमा रहेकाले १७ जनालाई सेवा गर्न सकिन्छ । होमस्टेमा प्रतिव्यक्ति खाना र नास्ता सहित १५ सय रुपैयाँ लिने गरेको छु भने रिसोर्टमा एक कोठामा ३ हजार ५ सयमा डिनर, ब्रेकफास्ट दुई जनाका लागि लिने गरेको छु ।

यो सुन्दर पहाडकाे काखमा अवस्थित यो ठाउँमा अन्त भन्दा सस्तोमा मिठाे सेवा दिने गरेकाे भन्दै ग्राहकहरु सन्तुष्ट भएको तामाङले अनुभव सुनाए । काठमाडौं, ललितपुर र भक्तपुर आउँने पर्यटकलाइ एक पटक यहाँ पुग्नै पर्ने बनाउँन स्थापना गरिएको बताए । अहिले यो ठाउँ पाहुँनाहरुको गन्तव्य बनिरहेको तामाङले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.