भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

राप्रपाको सचेतना कार्यक्रम सम्पन्न, दिलिप कार्कीले गरे उम्मेदवारी घोषणा

राप्रपाको सचेतना कार्यक्रम सम्पन्न, दिलिप कार्कीले गरे उम्मेदवारी घोषणा

काठमाडौं । राप्रपाले उपत्यकामा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं क्षेत्र ९ प्रदेशसभा (ख)ले हालै एक कार्यक्रमको आयोजनागरी सक्रिय सदस्य सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

आउने मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा कार्यकर्ताले विशेष भूमिका खेल्नु पर्ने भन्दै चुनाव विशेष छलफल गरेको नेतृ सरिता उप्रेतिले बताइन् ।

बागमती प्रदेश छेत्र ९ ख राप्रपाले जिम्मेवारीपूर्वक छलफल गरेर नेतृत्व चैन गरिने उनले जानकारी दिइन् । यसैबीच काठमाडौं क्षेत्र नं ९ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट दिलिप कुमार कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

शनिवार आयोजित कार्यक्रममा उनले घोषणा गरेका हुन । यस क्षेत्रका अध्यक्ष समेत रहेका उनले पार्टीमा लामो समय सक्रिय भूमिका खेलिरहेको स्थानीयले बताएका छन् । युवा नेताका रुपमा परिचित कार्की हक्की स्वभाव र प्रष्ट वक्ताका रुपमा स्थानीयले बुझ्ने गरेका छन् ।

अहिले युवाको लहर राप्रपामा चलिरहेको र युवा राजनीति पनि राप्रपामै भएकाले सबैको रोजाइमा परेको बुझिएको छ । पार्टीको नीति, मूल्य, मान्यता र एजेण्डालाई स्थापित गर्न आफुले कुनै कसुर बाँकी नराख्ने कार्कीले कैलाश खबरलाई बताए । पार्टीमा युवा वर्गलाई समेटेर युवा अभियानमा लाग्ने कार्कीको योजना रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.