भर्खरै : Sorry, your browser does not support inline SVG.
मेटामाथि बालबालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोप, अमेरिकी अदालतमा सुनुवाइ सुरु | सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि |

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

पहिलो लेगमा ४–३ गोल अन्तरमा पराजित भएको रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ ले जित निकालेको हो । सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै लिभरपुलसँगको फाइन भेट पक्का गरेको हो ।

रियललाई जिताउन गएराती रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरेका थिए । माहरेजले खेलको ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरआती अग्रता दिलाए ।

तर अन्तिम मिनेटमा सिटी सम्हालिन नसक्दा रोड्रिगोले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्जुरी समयमा रोड्रिगोले पुनः दोस्रो गोल गरेसँगै खेल बराबरीमा पुगेको थियो।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा रियलले बाजी मार्‍यो। पाँचौ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए।रियलले अब उपाधिका लागि लिभरपुलसँग खेल्ने भएको छ।

 


Thali Mobile Pvt.Ltd.