भर्खरै : Sorry, your browser does not support inline SVG.

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्ने सम्झौता

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्ने सम्झौता

काठमाडौं । रुसबाट २ करोड ५० लाख डोज कोरोना विरुद्धको भ्याक्सिन नेपाल आपूर्ति गर्ने व्यापारिक सम्झौता भएको छ। मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा भ्याक्सिन आपूर्ति गर्न सम्झौता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रिनिटी फर्मास्युटिकल्सको माध्यमबाट नेपालमा कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ। रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा पनि एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ। यो भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण गरेको दाबी गरेका थिए। तर तेस्रो परीक्षण नगरी भ्याक्सिन प्रयोगका लागि स्वीकृति प्रदान गरेका कारण विज्ञहरुले रुसी कार्यको आलोचना गरेका थिए।

हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेको छ। खोपले सकारात्मक परिणाम दिइरहेको बताइएको छ। ट्रिनिटीका निर्देशक किशोर अधिकारीले नेपाल सरकारले भ्याक्सिनको स्वीकृति दिए तत्काल नेपालमा उपलब्ध गराउने बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.