भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

विपन्नको घरमा जस्तापाताको छानो

विपन्नको घरमा जस्तापाताको छानो

ढोरपाटन । खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्लै खरका घर भेटिन्थे । ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घर हुन्थे । परम्परागत खरका घर देख्दा निकै रमणीय लाग्थ्यो । तर अहिले ती घरले रुपरङ बदलेका छन् । बागलुङको निसीखोला गाउँपालिकाका घर रङ्गीचङ्गी जस्तापाताले छाइएका छन् ।गाउँपालिकाको खरका छानो हटाउने नीतिअनुसार गाउँमा जस्तापाता र ढुङ्गे घर बनिरहेका छन् । युवाशक्ति पलायन हुने, गाउँमा बालबालिका र बूढापाकामात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ ।

निसीखोला–३ की तुलसी विकले हरेक दुई–दुई वर्षमा घरको छानो फेर्दै आउनुभएको थियो । आर्थिक अभावमा गुज्रिँदै आउनुभएकी विकलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्न सकस हुन्थ्यो ।वर्षौँदेखि चुहिने र पुरानो खरको छानोमा बस्दै आउनुभएकी विकको घरमा गाउँपालिकाले जस्तापाताको छानो हालीदिएपछि उहाँलाई राहत मिलेको छ । वनबाट खर काटेर ल्याउने कोही नहुँदा आफू चुहिने घरमा चार वर्ष बसेको सुनाउँदै गाउँपालिकाले पुरानो खरको छानो हटाएर जस्तापाता हाल्दिएपछि सहज भएको उहाँ बताउनुहुन्छ ।

“एकै वर्षमा खर कुहिन्छ”, उहाँले भन्नुभयो, “अब त छानो फेर्न नपर्ला कि ?”

विगतमा खरको समस्याले पानी चुहिने अवस्थामा पनि छानो फेर्न नसकेको वडा नं ५ का तिलकुमार विक बताउनुहुन्छ । गाउँपालिकाले घरको छानो जस्तापाताले छाइदिएपछि उहाँ हर्षित हुनुहुन्छ । “अब ढुक्क भइयो, आगलागी हुने डर पनि कम भयो”, विकले भन्नुभयो ।निसीखोलाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न रु ३० लाख विनियोजन गरेको सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकाले अघिल्ला वर्षमा एक सय तीन घरमा जस्तापाताको छानो हालेको थियो । “यस वर्ष बाँकी रहेका घरमा जस्तापाता हाल्ने क्रम जारी छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले सात वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गतका ३० जनाको घरमा अघिल्लोपटक जस्तापाताको छानो हालिएको थियो ।“हाम्रो पालिकामा धेरै गरिब तथा विपन्न परिवार छन्, उनीहरूको जस्तापाता तथा ढुङ्गाको छानो हाल्ने अवस्था छैन, त्यसैले गाउँपालिकाले नै जस्तापाताको छानो हाल्न थालेको हो”, गौतमले भन्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.