भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता

काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद एलपी श्रेष्ठले अग्रता कायम गर्नुभएको छ । श्रेष्ठले दुई हजार ३१७ मत पाउनुभएको नगर निर्वाचन कार्यालय जनाएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का रमेश नापितले दुई हजार २४८ मत ल्याउनुभएको छ । नेकपा माओवादी केन्द्रका मधु नीरज केसीले एक हजार ८५६ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी जसपाका भुवन वाइवाले ५८ मत पाउनुभएको छ ।

नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उहाँले तीन हजार ४९४ मत पाउनुभएको छ । उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाउनुभएको छ । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याउनुभएको छ । नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिनुभयो ।

वडा नं २ र ८ मा कांग्रेस विजयी

नगरपालिकाको वडा नं। २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत गत शुक्रबार भएको मतदानको मतगणनाबाट कांग्रेसका रणबहादुर थिङ वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यसैगरी खुला सदस्यद्वयमा राकेश गुरुङ र वासुदेव लामिछाने निर्वाचित हुनुभएको छ । महिला सदस्यमा मीनाकुमारी घिसिङ निर्वाचित हुनुभएको छ ।

यसैगरी वडा नं। ८ मा पनि कांग्रेसका पोते थिङ वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा महिलामा तारा रानाभाट, खुलामा समाजवादीसँगको गठबन्धनका मनोज तामाङ र सुदन केसी निर्वाचित हुनुभएको जनाइएको छ । नगरपालिकाको वडा नं १ एमाले, वडा नं ३ मा माओवादी र वडा नं। ९ मा कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् । अहिलेसम्म नगरपालिकाको पाँच वटा वडाको मतगणना भइसकेको छ । नौ वटा वडा रहेको नगरपालिकामा अहिले वडा नं। ४ र ७ को मतगणना भइरहेको छ । यो सकेपछि वडा नं। ५ र ६ को मत गन्न बाँकी रहने नगर निर्वाचन कार्यालयले जनाएको छ ।
कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनमा १७ हजार १०० मत खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.