भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

शहरमा चहलपहल बढ्न थाल्यो

शहरमा चहलपहल बढ्न थाल्यो

काठमाण्डौ । दशैँका लागि घर फर्केका मानिसहरु कर्मथलो फर्किन थालेपछि काठमाडौं उपत्यकालगायत देशका मुख्य–मुख्य शहरमा चहलपहल बढ्न थालेको छ । दशैंका लागि आफ्नो घर फर्कका मानिसहरु काठमाडौं उपत्यका लगायत देशका मुख्य मुखय शहरमा फर्किन थालेपछि चहलपहल बढ्न थालेको हो ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ । यस्तै दशैँ मान्न गाउँ गएकाहरु फर्कने क्रम पनि बढेको छ । महानवमीको दिनसम्म काठमाण्डौबाट बाहिर जाने गाडीमा यात्रुको चाप रहेकोमा एकादशीदेखि भने काठमाण्डौ फर्कने गाडीमा यात्रुको चाप बढ्न थालेको छ ।

काठमाण्डौको कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैँ मनाएर काठमाण्डौ फर्कनेको भिडभाड देखिन्छ । टीकाको चौथो दिन आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने क्रम कायमै छ । केही ठाउँमा विजयादशमीको दिनमा मात्रै टीका लगाउने चलन भए पनि धेरै ठाउँमा भोलि कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने गरिन्छ ।

विजयादशमीको दिन सबै मान्यजन र आफन्तकोमा पुग्न नभ्याइने भएकाले पूर्णिमासम्म नै टीका लगाउने गरिएको हो । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहि आएको छ ।

 


Thali Mobile Pvt.Ltd.