भर्खरै : Sorry, your browser does not support inline SVG.
सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध, पाँच गाउँपालिकाको यातायात प्रभावित | इरानसँग सम्झौता नभए पुनः आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी | पाँचथरको च्याङथापूका २६ घर पहिरोको उच्च जोखिममा | रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धान सिफारिस, मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक | म्याग्दीको जलजलामा ‘गोठस्टे’ सुरु, पर्यटकका लागि नयाँ हिमाली अनुभव | पाँचथरको च्याङथापूमा पहिरोको त्रास, २६ घर उच्च जोखिममा | दक्षिणी लेबनानमा इजरायलको ठूलो सैन्य कारबाही, हजारौँलाई क्षेत्र खाली गर्न निर्देशन | इरानसँगको वार्तामा ट्रम्प अझै असन्तुष्ट, सम्झौता नभए सैन्य कारबाही दोहोरिन सक्ने संकेत |

संसद बैठक २ बजेसम्मका लागि स्थगित

संसद बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै नेकपा एमाले छानविन हुनुपर्ने भन्दै आएको र बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

एमालेले अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । बुधबारको बैठक नै रोकर सभामुखको कार्यकक्षमा भएको छलफलमा नेकपा माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ । यद्यपिः नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री रहेका शर्माले आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहेका छन् भने नेकपा एमालेले सत्यतथ्य छानविनमा सहयोग गर्न भनिरहेको छ ।

अर्थमन्त्रीका विषयमा संसदमा रहेका प्रमुख दलहरुबीच छलफल चलिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.