भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन

संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले संसद असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै प्रदर्शन गरेको छ ।

सिंहदरबार दक्षिणढोका अगाडि समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहामगर, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारालाइ गिरफ्तार गरेकाे छ ।

त्यसैगरी अधिकारकर्मी अमृतजङ्ग महत, ईश्वर पुडासैनी, माया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रतिगमनविरुद्ध समाजको आन्दोलनका क्रममा पुस ५ गते दाङ शाखाको आयोजनामा तुलसीपुरमा र रुपन्देही शाखाको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको जनाइएको छ ।

देशभरका शाखाले पनि प्रतिगामी कदमविरुद्ध विरोध प्रदर्शनको क्रमलाई निरन्तरता दिने समाजले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.