भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सङ्क्रमणबाट कर्णालीमा युवकको मृत्यु

सङ्क्रमणबाट कर्णालीमा युवकको मृत्यु

कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आज अपराह्न कोरोना सङ्क्रमित एक युवकको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १२ का ३३ वर्षीय युवा रहेका छन् । उच्च ज्वरो आएपछि ती युवालाई बुधबार प्रदेश अस्पताल भर्ना गरिएको थियो । पाँच दिनदेखि ज्वरो आएको र स्थानीय क्लिनिकबाट अस्पताल पठाइएको बताइएको छ ।

“क्रोनिक अल्कोहोलिज्मका साथै विगतमा काँप्ने, बेहोस हुने मेडिकल इतिहास रहेको विवरण प्राप्त भएको छ”, महाशाखाद्वारा जारी पे्रस विज्ञप्तिमा भनिएको छ, “पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनलगत्तै निजलाई निस्सासिने समस्या देखिएको, मुटुले रगत पम्प नगरेको र छाती थिचेर ब्युँताउने प्रयास पनि सफल हुन सकेन ।” उनको मृत्यु भइसकेपछि प्रयोगशालाले कोरोना पुष्टि गरेको थियो । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको जानकारी दिनुभयो । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ५७१ पुगेको छ । पछिल्लो चौबिस घण्टामा आडिटी पिसिआर विधिबाट गरिएको परीक्षणमा नयाँ ६५ जनाको कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमित भई आइसोलेशनमा रहेका छ हजार १५ जना कोरोनामुक्त भइसकेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.