भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तन ः मुख्यमन्त्री केसी

सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तन ः मुख्यमन्त्री केसी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएको बताउनुभएको छ ।गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले गणतन्त्र नेपालको स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको हो भन्नुभएको छ ।सन्देशमा सबैको मेहनत, योगदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानु सबै नेपालीहरुको कर्तव्य र अधिकार रहेको उल्लेख गरिएको छ ।

सन्देशमा भनिएको छ “ गणतन्त्र नेपालको स्थापनासँगै गणतन्त्रको जगमा संविधान जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरू संस्थागत भएकाले आफ्ना अधिकारहरूलाई संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालप्रति गौरव गर्न प्रदेशवासीमा अपिल गर्दछु । ”शुभकामना सन्देशमा गणतन्त्र नेपालको जगमा जारी संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प गरेको जनाइएको छ ।

विज्ञप्तिमा विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुढृढीकरणमार्फत लाभको न्यायोचित वितरणलाई प्रदेश सरकार दृढ सङ्कल्पित रहेको पनि उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.