भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सडकबाट कार पोखरीमा खस्दा चार जनाको मृत्यु

सडकबाट कार पोखरीमा खस्दा चार जनाको मृत्यु

रौतहट । गए राति कार दुर्घटनामा परेर चार जना भारतीय नागरिकको मृत्यु भएको छ। राति १० बजेतिर चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ आइरहेको कार सडकबाट करिब २० मिटर तल पोखरीमा खसेको हो।

डुबेको कारको सीसा फोरेर प्रहरीले चार जनालाई उद्धार गर्न सफल भएको हो । उपचारका लागि अस्पताल लगेकोमा अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको थियो। यमुनाई गाउँपालिकाको झुन्खुन्वा चोकनजिकै भारतीय नम्बर प्लेटको कार दुर्घटनामा परेको थियो।

यु.के.१२ सी २९०० नम्बरको कार अनियन्त्रित भएर सडकबाट तल पोखरीमा खसेको हो।

 


Thali Mobile Pvt.Ltd.