धनुषा । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।
पत्रमा भनिएको छ, “मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा अब सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।”
केन्द्रमा समीकरण फेरिएसँगै गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महोत्तरी, चैत २८। नयाँ वर्ष २०८२ शुरू हुन केही दिन बाँकी छँदै मधेश प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल शुरू भएको छ ।महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा त्यसका लागि सरसामान जुटाउन...
वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गर्ने तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद...
पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष...
महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद...