भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

सरकार समृद्धिको बाटोमा : मुख्यमन्त्री गुरुङ

सरकार समृद्धिको बाटोमा : मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद तिलक पाण्डेको सपना पूरा गर्न सरकार समृद्धिको बाटोमा अघि बढेको बताउनु भएको छ । शहिद पाण्डेको स्मृतिमा निर्माण गरिएको सुन्दरबजार–२ परेवाडाँडास्थित मनकामना टोलमा स्मृति प्रवेशद्धारको आज दिउँसो उद्घाटन गर्दै सरकारले विकास, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेपनि त्यस्तो देख्न नसक्नेले सत्ता र कुर्चिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोजेकोले समस्या आएको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले भन्नुभयो, “समृद्धिका लागि एकजुट भएर लागेमात्र उपलब्धि हासिल गर्न सकिन्छ ।”
कार्यक्रममा निर्माण समितिका अध्यक्ष जगदिश सेढाइँले स्मृति प्रवेशद्धार निर्माणका बारेमा जानकारी गराउँदै सुन्दरबजार नगरपालिकाको ११ लाख ५० हजार र जनश्रमदानसहित १२ लाख लागतमा स्मृति प्रवेशद्धार निर्माण गरिएको बताउनुभयो । सुन्दरबजार नगरपालिका–२ हाँडेटारामा विसं।

२०२१ भदौ २९ गते जन्मनुभएका पाण्डेको विसं। २०६१ माघ १६ गते तत्कालीन माओवादीद्वारा परेवाडाँडाको सोह्र हजारमा गोली हानी हत्या गरिएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.