भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सवारी दुर्घटनामा प्रहरीको मृत्यु

सवारी दुर्घटनामा प्रहरीको मृत्यु

रसुवा । सुरक्षा गस्तीमा गएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी निधन भएको छ । मृत्यु हुनेमा चितवन जिल्ला साविक बेथौली–५ घरभई अस्थाई प्रहरी चौकी ग्राङमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर अर्याल रहेका छन् । रात्रिकालिन शान्ति सुरक्षाका लागि राम्चे क्षेत्रको गस्ती सम्पन्न गरी ग्राङ प्रहरी चौकी फर्कने क्रममा उहाँले चढेको प्रदेश नं ३ ९३००१ प ३३७५ नम्बरको मोटर साइकल राम्चे बजार नजिकैको खोल्छा छेउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

गए राति भएको भएको सो दुर्घटनामा पासाङ ल्हामु राजमार्गबाट ३० मिटर तल मोटरसाइकल झरेको बताइएको छ । सो दुर्घटनामा पर्ने अर्का प्रहरी हवल्दार राजेन्द्र लामा भने गम्भीर घाइते भएका छन् । उनको अहिले प्रहरी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल नुवाकोटको त्रिशूली अस्पताल पठाउँदा चिकित्सकको परीक्षणबाट प्रहरी जवान अर्याललाई मृत घोषणा गरेको थियो भने नुवाकोट जिल्ला विदुर नगरपालिका–११ माथिल्लो गेर्खु बस्ने प्रहरी हवल्दार लामालाई थप उपचारका लागि तुरून्तै काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.