भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना

सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना

दाङ । सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना गरिएको छ । ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड स्थापना गरिएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोमवार आयोजित कार्यक्रममा मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबै सचेत हुनुपर्ने बताए । बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अप्ठ्यारो नहुने गरी व्यवसाय गर्न उनले सबैलाई आग्रह गरे ।

यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले अस्वस्थ प्रतिस्पर्धा र तीव्रगतिका कारण सबैभन्दा धेरै दुर्घटना हुने गरेको उल्लेख गरे । उनले दुर्घटना न्यूनीकरण गर्न आम नागरिकलाई ट्राफिक नियमबारे सचेतना दिनका लागि तुलसीपुरमा नागरिक तथा स्थानीय सरकारको सहयोगमा डिजिटल बोर्ड स्थापना गरिएको बताए।

तुलसीपुर –५ र तुलसीपुरका युवा व्यवसायी विनिल केसीले ती डिजिटल बोर्ड राख्नका लागि आर्थिक सहयोग उपलब्ध गराए । कार्यक्रममा राष्ट्रिय यातायात महासङ्घका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए ।

बसपार्कमा यात्रु तान्ने परम्पराको अन्त्य अझै हुन नसकेको र सिसी क्यामेराको व्यवस्था नहुँदा व्यवसायीलाई समस्या परेको हुँदा यातायात क्षेत्र समस्या सम्बोधन हुने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा स्वतन्त्र यातायात मजदुर सङ्गठन लुम्बिनी प्रदेशका उपाध्यक्ष केशव भण्डारी, तुलसीपुर उपमहानगर–५ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतकाले मन्तव्य राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.