भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

सांसदसहित जुम्लामा ५८ पदाधिकारीले रोजे नेकपा एकीकृत समाजवादी

सांसदसहित जुम्लामा ५८ पदाधिकारीले रोजे नेकपा एकीकृत समाजवादी

जुम्ला – जुम्लाका ५८ जना पदाधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सा‌ंसदसहित नेकपा एमाले जुम्लाका ५८ जना पदाधिकारीले समाजवादी पार्टी रोजेको घोषणा गरेका हुन ।

विज्ञप्ति जारी गर्दै प्रदेश सभा सांसद पदमबहादुर रोकायासहित नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भइसकेको र अन्य जनप्रतिनिधिहरुले भाद्र २२ गतेसम्म सनाखत गर्न आह्वान गरिएको जनाइएको छ।

प्रदेश सभा सांसद रोकाया, अध्यक्ष तिर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहितका ६१ जना जिल्ला कमिटी मध्ये तीन जनाबाहेक अन्य सबैले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.