काठमाडौं । नेपालीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात घटस्थापनामा गायक बिबेक आचार्यको “ज्यानको बाजी” बोलको गीत सार्बजनिक भएको छ। दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर उक्त गीत सार्बजनिक गरिएको हो। गीतको भिडियोमा गायक बिबेक संगै शिखा घिमिरे साथै बाल कलाकार रितेश पौडेल र शान्भी आचार्यको अभिनय रहेको छ।
सुरज कपालीले निर्देशन गरेको उक्त गीतको भिडियोलार्इ राज पोखरेलले छायांकन गरेका हुन भने भने सम्पादन शिलन लम्सालले गरेका हुन । यस अघि २ बटा गीत बजारमा ल्याइसकेका गायक बिबेक पेशाले बैंकर हुन्। लोक पप शैलीको यस गीतलाइ दर्शक तथा श्रोताले मन पराउने आशा गायक बिबेकको रहेको छ ।
गीतलाइ उनको आफ्नै यु टुब च्यानल मार्फत सार्बजनिक गरिएको छ। गीतमा शब्द तथा संगीत कृष्ण कुमार खड्काको रहेको छ भने संगीत संयोजन दिपक बिश्वकर्माको रहेको छ।

