भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सीमा नाका खोल्नुपर्ने माग

सीमा नाका खोल्नुपर्ने माग

मलङ्गवा । नेपाल भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै नागरिक समाज सर्लाहीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लामो समयदेखि सीमा नाका बन्द हुँदा जनजीवन जटिल र कष्टकर बन्दै गएको भन्दै नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।

सो अवसरमा नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले नेपाल–भारतबीच अन्योनाश्रित सम्वन्ध रहेकाले एक अर्का बीच परस्पर निर्भरता, नातागोता, औषधोपचार, रोजगारीलगायत विभिन्न समस्याका कारण जनजीवन कष्टकर बन्दै गएको हुँदा बाध्य भएर सीमा नाका खोल्न ज्ञापनपत्र बुझाउनु परेको बताउनुभयो । “दुवै देशमा निषेधाज्ञा हटिसकेको अवस्थामा कोरोना महामारीको बहानामा सीमा नाका बन्द राख्नु उचित होइन”, उहाँले भन्नुभयो, “सीमा नाका खोलेर सहज वातावरण बनाउन सरकारलाई आग्रहसहित ज्ञापन पत्र बुझाएका छौ ।” रासस

 


Thali Mobile Pvt.Ltd.