भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सुनजस्तो देखिने वस्तुसहित तीन पक्राउ

सुनजस्तो देखिने वस्तुसहित तीन पक्राउ

कञ्चनपुर । यहाँ १२० ग्राम सुन जस्तो देखिने वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटी र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट अमरगढी नगरपालिका–८ का महेश सार्की, सोही वडाका सुरज घताने र विशाल जाग्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए ।

प्रहरी निरीक्षक गुरुका अनुसार उनीहरु तिनै जना सवार प्रदेश नं ३, ०१००२६४६९९ नंको अल्टो कार रोकिएको अवस्थामा जाँचका क्रममा सुनजस्तो देखिने वस्तु फेला परेको हो । तीनै जनालाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी कार्यालय पठाइएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.