भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सुवेदीको दशैंँभत्ता आश्रमलाई

सुवेदीको दशैंँभत्ता आश्रमलाई

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले दशैंँभत्ता मानव सेवा आश्रमलाई दिएका छन् । नगर प्रमुख सुवेदीले भत्तावापत पाएको १५ हजार आश्रमलाई प्रदान गरेका हुन । उनले पाँच हजार बराबरको खाद्य पदार्थ तथा १० हजार बराबरको फलफूल हस्तान्तरण गरेका हुन ।

यस्तै प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर चाडबाड खर्च गाउँपालिका कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

२९ जना जनप्रतिनिधिले पाउने रु २ लाख ६२ हजार गाउँपालिका कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता गिरीराज पौडेलले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.