भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सुस्त मनस्थितिका किशोरीमाथि सामूहिक बलात्कार

सुस्त मनस्थितिका किशोरीमाथि सामूहिक बलात्कार

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका –५ निवासी २५ वर्षीया युवतीमाथि असार २ गते राति सामूहिक बलात्कार भएको छ ।

सुस्त मनस्थिति भएकी ती युवतीमाथि तुलसीपुर उपमहानगरपालिका –९ दोघरेस्थित एक निर्माणाधिन घरमा रातको समयमा चार जनाले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका –९ दोघरे निवासी २४ वर्षीय शंकर बिक र २३ वर्षीय कमल चौधरी पक्राउ परेको र घटनामा संलग्न अन्य दुई जना फरार रहेका छन् ।

सुस्त मनस्थितिका युवतीमाथि सामूहिक बलात्कारमा संलग्न सबैबिरुद्ध सामूहिक बलात्कार अभियोगमा मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तयार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.