भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन राष्ट्रपति

सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै उहाँले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेवी सरकार लोकतन्त्रका अपरिहार्यतत्व भएको बताउनुभयो ।राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना र सञ्चारको हक तथा मौलिक हकका रुपमा सुनिश्चित गरेको छ, यसबाट अभिव्यक्तिको स्वतन्त्रता संस्थागत हुनुका साथै सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना प्राप्त गर्न नागरिक अधिकारको प्रत्याभूति भएको छ, संविधान प्रदत्व मौलिक हकलाई आधार मानेर हाम्रो मुलुकमा प्रेस स्वतन्त्रता अछुण रहने परिवेश निर्माण भएको छ ।”

उहाँले नेपाली प्रेस जगतले जनसरोकारका सबैजसो विषयमा नागरिकलाई सुसूचित गराउँदै सार्वजनिक सेवा प्रदायकलाई जनताका आवश्यकताका बारेमा पृष्ठपोषण प्रदान गरी सञ्चार सिटीका रुपमा काम गरिरहेको बताउनुभयो ।राष्ट्रपति भण्डारीले बाढीपहिरो, भूकम्प, डढेलो एवं कोभिड–१९ महामारीजस्ता विपत्को समयमा आमजनतालाई सचेत र सर्तक बनाउनुका साथै सही सूचना सम्प्रेषण गरी राज्यका जिम्मेवार निकायलाई उपयुक्त रणनीति निर्माणका लागिसमेत पत्रकारिता क्षेत्रले महत्वपूर्ण सहयोग गर्दै आएको चर्चा गर्नुभयो ।त्यसैगरी शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सरसफाइ, वातावरण संरक्षणजस्ता आमसरोकारका विषयमा सचेतना अभिवृद्धि गर्नुका अतिरिक्त समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कार, जातीय तथा लैङ्गिक विभेद आदीका विरुद्धमा जनचेतना अभिवृद्धि गर्दै सकारात्मक सामाजिक रुपान्तरणका लागिसमेत सञ्चार जगत्ले उल्लेखनिय योगदान गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्रले समाजमा रहेका विकृति, विसङ्गतिलाई उजागर गर्नुका साथै राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गर्नु हुने व्यक्तिलाई ओझेलबाट प्रकाशमा ल्याउनसमेत भूमिका खेलिरहेको हुन्छ, त्यस क्रममा मुलुकको हित, राष्ट्रिय स्वाभिमानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको शुद्धीकरण सञ्चार जगत्को मुख्य अभिष्ट हुनुपर्छ ।”पत्रकारको हातमा रहेको कमलबाट कसैमाथि अन्याय हुनुहुँदैन भन्ने पक्षलाई विशेष आत्मबोधका साथ कार्यान्वयन गर्न आह्वान गर्दै उहाँले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको बताउनुभयो ।उहाँले सामाजिक सञ्जालको व्यापकताका कारण सूचना प्रवाह गर्ने पहुँच अब पत्रकारिताको औपचारिक क्षेत्रभन्दा धेरै विस्तार भएको जनाउँदै हरेक नागरिकलाई अभिव्यक्तिको बलियो वैकल्पिक माध्यम उपलब्ध हँुदा सामाजिक सशक्तीकरणमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सूचनाको वास्तविकता, सत्यको जाँच तथा प्रमाणको पुष्टि हुनुपर्ने जस्ता पत्रकारिताका आधारभूत मान्यतालाई सञ्चारका नयाँ माध्यमले खण्डित गरिदिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तसर्थ आजको सञ्चार जगत्ले आफ्नो स्थायित्व सुदृढ गर्न सिर्जनात्मक उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता अझ बढ्दै गएको छ, राज्यको चौँथो अङ्गका रुपमा समाजले सम्मान प्रदान गरेको हुनाले जिम्मेवारी पूर्ण सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र पत्रकारिता क्षेत्रको विश्वसनियता कायम राख्न सकिन्छ भन्ने मलाई लाग्दछ ।”आवधिक निर्वाचनमार्फत जनताले छानेका प्रतिनिधिबाट विधिको शासन सञ्चालन हुनु लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यता भएको प्रस्ट पार्दै राष्ट्रपति भण्डारीले आसन्न स्थानीय निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषणका माध्यमबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा जिम्मेवार पत्रकारिताका माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिकरुपमा साकार तुल्याउने काममा थप उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.