लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया स्थानीय तहमा विजयी : अध्यक्ष प्रचण्ड

लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया स्थानीय तहमा विजयी : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी लक्ष्य हासिल गर्न गठबन्धन भरपर्दो विकल्प भएको बतएका छन् । १५ औं गणतन्त्र दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले समाजवादी शिक्षा हासिल गर्न गठबन्धन भरपर्दो विकल्प भएको बताएका हुन ।

स्थानीय तह निर्वाचनमा जित हार भन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी भएकोमा आफूहरु हषिर्त भएको उनको तर्क छ । देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपीलसमेत समेत गरेका छन् ।

संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको अध्यक्ष प्रचण्डको तर्क रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.