भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अखाद्य वस्तु बिक्री गरेको आरोपमा होटल सञ्चालकलाई जरिवाना

अखाद्य वस्तु बिक्री गरेको आरोपमा होटल सञ्चालकलाई जरिवाना

धादिङ, । जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ । खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसलाई रु २० हजार तथा शीतलबजारस्थित भैरवीनाथ भोजनालयलाई रु १० हजार जरिवाना गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसले अखाद्य माछा खुवाएको उजुरी परेपछि गरिएको अनुगमनमा विभिन्न छ किसिमका म्याद गुज्रिएका सामग्री फेला परेको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना नगरेको, होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरिएको उहाँको भनाइ छ ।

यसैगरी भैरवीनाथ भोजनालयबाट लेबल नभएका र म्याद गुज्रिएका चाउमिन १३ पाकेट फेला परेको, मांसाहारी र शाकाहारीका लागि एउटै फ्रिजको प्रयोग गरेको, पकाएको आलु र चाउचाउ ताजा नभएको, सरसफाइमा ध्यान नदिएको र होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.