भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँच सहज हुँदै

अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँच सहज हुँदै

काठमाडौं ।  सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सिबिएमसहित संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालमा पहुँचयुक्तता  प्रवद्र्धनको अवस्था र अबको बाटो’ विषय कार्यक्रममा सो मन्त्रालयका सहसचिव अनिकुमार दत्तले सूचना तथा सञ्चार नीतिअनुसार विशेष क्षमता भएका व्यक्तिको सूचनामा सहजताका लागि कार्यक्रम तर्जुमा गरिएको र अनुकूल मोबाइल एप्स निर्माण गरिएको बताउनुभयो । उहाँले प्रत्येक निकायले निर्माण गर्ने वेबसाइट र इन्टरनेट सेवालाई त्यस्ता व्यक्तिको पहुँचयुक्त बनाउन नयाँ निर्देशिकाको तयारी भइरहेको जानकारी दिनुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव टेकराज निरौलाले राज्यका भवन तथा सेवासम्बन्धी अलगअलग निर्देशिका कार्यान्वयनमा रहेको र थप अनुकूल बनाउन संशोधन गरिने बताउनुभयो । उहाँले अपाङ्गमैत्री नेपाल निर्माणको लक्ष्यसहित राष्ट्रिय कार्ययोजनाका लागि कार्यदल गठन गरिएको पनि जानकारी दिनुभयो । महासङ्घका अध्यक्ष मित्रलाल शर्माले सरकारले आफूहरुले गरेको वकालतका आधारमा अपाङ्गतामैत्री नीति र संरचना बन्न थाले पनि सबै क्षेत्रमा सहजता नभएको बताउनुभयो । कार्यक्रम संयोजक विमल पौडेलले आफूहरुको अध्ययनमा काठमाडौँ उपत्यकाका १५० सार्वजनिक संरचनामा १२ प्रतिशतमा मात्रै आंशिक पहुँचयुक्तता पाइएको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.