भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

गण्डकी प्रदेशले ल्यायो द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम

गण्डकी प्रदेशले ल्यायो द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रम शुरु गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । यो कार्यक्रमअनुसार बागलुङमा गोलभेँडा खेती र बाख्रापालनका लागि तालीम तथा बीउ पूँजी प्रदान गरिनेछ । यसका बारेमा मन्त्रालयले आइतबार बागलुङका सरकारी निकाय, राजनीति दल, सामाजिक सङ्घ संस्थाका प्रमुखसँग अन्तक्र्रिया गरेको छ ।

द्वन्द्वपीडित व्यक्ति तथा परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत गोलभेँडा खेतीतर्फ ३० र बाख्रापालनतर्फ ३० जनालाई तालीमका साथै प्रतिव्यक्ति गोलभेँडा खेतीका लागि रु ३० हजार र बाख्रापालनका लागि रु १५ हजार बीउ पूँजी प्रदान गरिने मन्त्रालयका उपसचिव काशीराज गैरेले जानकारी दिनुभयो । यो कार्यक्रमका लागि ३० दिनको म्याद राखेर आवेदन माग गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनयुद्ध र विभिन्न आन्दोलनमा प्रभावित भएका व्यक्ति र परिवारका लागि राज्यले निरन्तररूपमा सम्बोधन गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

“शहीद तथा बेपत्ता परिवारलाई नेपाल सरकारले रु १० लाखका दरले रकम प्रदान गरिसकेको छ, यद्यपि यसलाई किस्ता किस्तामा नदिई एकमुष्ट दिएको भए कुनै ठूलै योजना र काममा लगानी गर्न सक्थे होलान्”, मन्त्री चुमानले भन्नुभयो, “द्वन्द्वपीडित घाइते अपाङ्गता भएकाका हकमा पनि गृहमन्त्रालयले अहिले सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने नीति लिएको छ, प्रदेश सरकारले सीपमूलक कार्यक्रम शुरु गरेको छ, आगामी दिनमा यसलाई अझ बजेट बढाएर व्यवस्थित गर्दै लैजानेछौँ ।” मन्त्री चुमानलाई सरोकारवाला निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारले द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम राम्रो भए पनि बजेटको आकार सानो र प्रक्रियागत झन्झट बढी भएकाले यसलाई परिमार्जन गर्न आग्रह गरेका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.