भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अमेरिकी उपमन्त्री आज नेपाल आउँदै, दलाई लामालाई भेटेपछि शंका बढ्याे

अमेरिकी उपमन्त्री आज नेपाल आउँदै, दलाई लामालाई भेटेपछि शंका बढ्याे

काठमाडौं । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज नेपाल आउँदै छिन् ।

मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिसँग बिहीबार बिहान भेटवार्ता गरेकी छन् ।

छोटो भेटवार्ताका क्रममा अमेरिकी विशेष संयोजकले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी जनताले दलाई लामालाई शुभकामना व्यक्त गरे । उनले दलाई लामाको सुस्वास्थ्यको कामना गर्दै लामाले दिएको शान्ति सन्देशका लागि विश्वप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

केन्द्रीय तिब्बती प्रशासनकाअनुसार बिहीबार बिहान तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक जियाले धर्मशालाको म्याक्लियोड गञ्जमा रहेको दलाई लामाको आधिकारिक निवासमा द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.