भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आतकङ्कारी अक्रमणमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु

आतकङ्कारी अक्रमणमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु

एजेन्सी । सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् ।यस आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला एक बालक रहेका जनाइएको छ । यस आक्रमणमा परी पाँच व्यक्ति घाइते भएका छन् । घाइतेहरुमा कुर्दिश असायेस सुरक्षा बलका दुई सदस्य र तीन सर्वसाधारण रहेका जनाइएको छ ।

कुर्द प्रशासनको अधीनमा रहेको अरब बाहुल्य शहर मिनबेजमा नागरिकहरु बोकेको एउटा गाडी प्रवेशद्वारमा आतकङ्कारी विस्फोट भएको बताइएको छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले उक्त विस्फोट कारबम भएको जनाइएको छ। क्षेत्रीय प्रशासनको मुख्य लडाकू बल कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट्स जिहादी समूह विरुद्धको लडाईको नेतृत्व गरेको थियो ।

यस बलले युद्धग्रस्त सिरियाको पूर्वी र उत्तरपूर्वी क्षेत्रको विशाल क्षेत्रलाई नियन्त्रण गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.