भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

एसपीपी फिर्ता लिनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैनः अध्यक्ष नेपाल

एसपीपी फिर्ता लिनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैनः अध्यक्ष नेपाल

काठमाडौं । आइतबार सञ्चारमाध्यमका सम्पादकहरुसंगको छलफलका क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको र नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन भनेर प्रतिबद्धता व्यक्त गरेको बताए । त्यस्तै संसदमा गृहमन्त्री बालकृष्ण खाँणले बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता नभएको समेत बताए ।

पछिल्लो क्रममा नेपालको राजनीति वृत्तमा अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकारको विषयलाई लिएर विवाद चलिरहेको छ । उक्त एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल भइ नसको समेत बताए । नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्र ठीक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने अध्यक्ष नेपालले तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.