काठमाडौँ । सर्वदलीय बैठकले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको ठहर गरेको छ ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनतासमाजवादी पार्टी र नेकपाको भेलाले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु संविधानविरोधी र अलोकतान्त्रिक कार्य भएको ठहर गरेको हो ।
संसद् विघटनको विरुद्धमा तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर फेरि थप निर्णय गर्ने नेकपा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले संविधानमा नभएको धारणालाई आधार बनाएर संसद् विघटन गरिएकोप्रत आक्रोश पोखेका थिए ।आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै यी तीन दलका नेताहरु भेला भएर ओलीको कदमविरुद्ध एक भएर लड्ने निष्कर्ष निकालेका छन् ।

