काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी पार्टीबीच आज छलफल गर्दैछ । दिउँसो ४ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा छलफल गर्ने जनाएको छ ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने सहमहामन्त्री प्रकाशशरण महतले बताए । एमाले र माओवादी केन्द्र ब्यूँतिएपछिको परिस्थिति र सत्ता समीकरणको विषयमा छलफल हुने मुख्य एजेण्डा रहेको जसपाले जनाएको छ ।
नयाँ सरकार गठनको विषयमा अहिलेसम्म कुनै निर्णय लिन नसकेको कांग्रेसले जसपासँगको छलफलअघि आन्तरिक छलफल गर्न भन्दै दिउँसो ३ बजेका बैठक बोलाएको छ ।
