कृषिमा वैदेशिक लगानीप्रति आपत्ति

कृषिमा वैदेशिक लगानीप्रति आपत्ति

काठमाडौं । कृषिमा शर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने सरकारका निर्णयविरुद्ध कृषि क्षेत्रमा आबद्ध अगुवाले आपत्ति जनाएका छन् । डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, मत्स्यपालन सङ्घ, र केन्द्रीय पशुपछी पालन सङ्घका प्रमुख प्रतिनिधिले काठमाडौँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सो आपत्ति जनाएका हुन् ।

पुस २० गतेको मन्त्रिपरिषद्को बैठकले शर्तसहित डेरी उद्योग, पशुपछी मत्स्य, तथा मौरीपालन, फलपूmल, तरकारी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआइ० खुला गर्ने निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको भोली पल्टै संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी वैदेशिक लगानी बहिष्कार गर्नुपर्ने धारण उक्त संस्थाका अगुवाले व्यक्त गरेका छन् ।

यसअघि पटकपटक विभिन्न माध्यमबाट कृषिमा वैदेशिक लगानी भित्र्याउने अभ्यास भएका थिए । चैत ४ को २०७५ मा बसेको प्रतिनिधिसभाको बैठकले संशोधनसहित पारित गरेको सो सम्बन्धी विधेयक र चैत ८, २०७५ मा बसेको राष्ट्रियसभाको बैठकले संशोधनसहित फिर्ता पठाउने गरी पारित गरेको थियो ।

तत्कालीन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कृषिमा वैदेशिक लगानी खुल्ला नगर्न निर्दैशन दिएको थियो । सरकारले प्रतिनिधिसभा भङ्ग गरेको अवस्थामा अध्यादेशमार्फत कृषिमा वैदेशिक लगानी भित्र्याउन गरेको निर्णयका सम्बन्धमा सरोकारवालाले सरकारको विरोध गरेका छन् ।

डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोसिएशनका महासचिव राधाकृष्ण सापकोटा, केन्द्रीय दुग्ध सहकारी सङ्घका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा, र केन्द्रीय पशुपछीपालन सहकारी सङ्घका अध्यक्ष बाबुराम अधिकारीले सरोकारवालासँग बिना छलफल किसान र उद्यमीका हितविपरीत अपारदर्शीरुपमा गरिएको निर्णयले कृषि क्षेत्रमा वैदेशिक लगानीले मुलुकको अर्थतन्त्रमा गम्भीर र दीर्घकालीन असर पर्ने बताउनुभएको छ ।

नेपाली उद्यमीका कृषि क्षेत्रमा रु ८५ अर्बको लगानी छ । माहुरी रु चार अर्ब, माछामा रु ११ अर्ब, डेरी उद्योगमा रु ३० अर्ब दाना तथा कुखुरापालनमा रु ४० अर्ब लगानी रहेको छ भने उद्योग सञ्चालनबाट १५ लाखभन्दा धेरै साना कृषक तथा श्रमिकमा रोजगारी सिर्जना भइरहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.