भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

केन्द्रबाट एक हजार कर्मचारी स्थानीय तहमा जादै, सरुवाका लागि दुवै स्थानीय तहको सहमति चाहिने

केन्द्रबाट एक हजार कर्मचारी स्थानीय तहमा जादै, सरुवाका लागि दुवै स्थानीय तहको सहमति चाहिने

४ भदौ २०७७ काठमाडौं । केन्द्रमा रहेका करिब एक हजार कर्मचारीलाई प्रदेश तथा स्थानीय तहमा पठाउने तयारीमा सरकारल लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा मन्त्रिपरिषद्को बैठकले समायोजन संशोधन गर्न सक्ने नीतिगत निर्णय समेत गरिसकेको छ ।

यसपछि संघका कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउन बाटो खुलेको हो । ऐनअनुसार केन्द्रमा समायोजन भएका, तर अहिले प्रदेश र स्थानीय तहमा जान चाहेका कर्मचारीलाई समायोजन गर्न लागिएको हो । संघमा अनावश्यक र प्रदेश तथा स्थानीय तहमा आवश्यकताभन्दा कम कर्मचारी भएपछि संघले आवश्यक्ता भन्दा बाहिरका कर्मचारिलाई तल्लो तहमा पठाउन लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अब एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा कर्मचारीको सरुवा पनि हुनेछ । त्यस्तै, एउटा प्रदेशबाट अर्को प्रदेशमा पनि जान पाउनेछन् । प्रदेशबाट स्थानीय तहमा पनि समायोजन संशोधन गर्न सक्ने सुविधासमेत दिन लागिएको छ ।

यसका लागि दुवै स्थानीय तहको सहमति चाहिने हुन्छ । ऐन आउन अझै समय लाग्ने भएपछि मन्त्रिपरिषद्बाट निर्णय गरेर सरुवा हुन सक्ने नीति बनाइएको हो । तर, स्थानीय तह र प्रदेशमा समायोजन भएका कर्मचारी संघमा भने आउन पाउँने छैनन् ।

 


Thali Mobile Pvt.Ltd.